समय
समयले त केवल समयलाई नै सम्झिन्छ
नदीको पानी झैं, बुढापाका को कहानी झैं,
समय त केवल चलिनै रहन्छ
निरन्तर, निराकार सधै अघि बढिनै रहन्छ
समयले न त मायालाई सम्झिन्छ
समयले न त बाबु-आमाको छायाँलाई सम्झिन्छ,
समयले त केवल समयलाई नै सम्झिन्छ।
कसैलाई पर्खिनत उसले जानेकै रहेनछ
उसलाई नबुझनाले कतिलाई उत्छीट्याउदो रहेछ
महाभारत को शकुनी झैं, पराधीन भारतका बृटिश झैं,
समय त बढा स्वार्थी रहेछ।
यहीं समयको खेलमै त मानिस अल्झिन्छ
जीवनको प्रत्येक क्षणमा मानिस यहीनैत बल्झिन्छ,
तर समय ले त केवल समयलाई नै सम्झिन्छ।।
By- दीननाथ अधिकारी
PG 1st Semester
Department of Political Science