“समय त एउटै रहेछ”
हेर् न आज त्यों घरमा किन यति जगमग्ग उज्यालो भएछ?
हेर् न फेरि आज त्यों घरमा किन साँझ् को दीप ज्योति पनि जलेनछ?
हेर् न तल्लो घरमा त आज विवाह को रमझम लाग्दै रहेछ।
त्यहाँ श्रीमान ले श्रीमती लाई सिउँदो मा सिन्दुर हाली मुहार हेरी राख्नु जस्तो रङ्गीन परिवेश भयेछ।
हेर् न फेरि आज तल्लो घरमा श्रीमान खसेर श्रीमती आफ्नो हाथको रङ्गीन चुरा फुटाइ साथै मांग काे सिन्दुर पुछी रहेकीछिन्।
हेर् न हेर त्यों घरमा फेरि आज भाँडो भर्ती मासु भात काे भाग लगाउँदै रहेछन्।
अनि फेरि हेर् न त्याे तल्लो घरमा चाँहि घिउ हालि अलिनो भातकाे भाग लगाउँदै रहेछन्।
हेर् न आज त्यों घरमा बाजा बजाई रमाउँदै,ति जोड़ीलाई स्वागत् गरी घर भित्राउँदै रहेछन्।
अनि फेरि हेर् न त्यों तल्लो घरमा चाँहि जोड़ी लाई बिछोड’ घर बाईर निकालि काध मा त्याे लाश राखि राम-नाम-सत्य भनि चिता सम्म पुराएछन्।
हेर् न दिन्-रात अनि समय
त त्यहि एउटै रहेछ।
तर परिवर्तन भएछ त आज केवल ‘खुशी’ ।
By पुनम घिमिरे
Department of Political science at Bodoland University
3rd semester