| |

मुक्तक

यो दुनिया पैसाको होडबाजीमा चलेको छ
पैसाले नै आफन्तबीच सम्बन्ध तोडेको छ
पैसाको धाक देखाई किन अहङ्कार गर्नु,
मर्दा साथमा कसले के नै लान सकेको छ।।

यहाँ प्रेमको जालमा फसाएर छोडि जानेको कमि छैन आज
तिमीनै मेरो सर्वस्व भन्दै झुटो कसम खानेको कमि छैन आज
आफ्नो स्वार्थ सिद्ध गर्न मान्छे देखावटी प्रेम गर्दछन् महोदय,
स्वार्थको झोला भरिएपछि मुटु टुक्राएर लानेको कमि छैन आज।।

मेरै दुखमा हाँस्दै हिँड्नेको आश कसरी गरौँ
सफलता र प्रगतिमा जल्नेको नास कसरी गरौँ
आकाशबाट तारा झर्ला बरू मान्न सकिएला,
पीठ्यूँपछि छुरा हान्नेको विश्वास कसरी गरौँ।।

By – सुष्मिता रिजाल
1st Semester Education Department , Bodoland University

Share it now

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *