| |

जाग गोर्खा जाग

हे गोर्खा तिमी आज जाग
तिम्रो प्रयोजन छ आज
 हे वीर तिमी आज कहाँ छौ ?
 हे वीर आज अस्तित्वको संकट आएको छ !
 तिम्रो जातीय अस्तित्व हराउँदै गएको छ!
 हे गोर्खा तिमीलाई आज मेटाउने प्रयास चल्दैछ |
 जताततै तिमीलाई हेला गरिएको छ !
नाना बाधाहरूले छेकिएको छ
सिमानामा मात्रै तिमीलाई सम्झिएर
देशमा बिर्सिएका छन् तिमीलाई
बुझ गोर्खा आफ्नो स्वाभिमानको लागि |
 अब तिमी जाग गोर्खा जाग।
 हे गोर्खा तिमीलाई आज बिभाजन गरिएको छ |
 हे गोर्खा जातीय मातृभूमिलाई तिमी बचाऊँ आज |
 अनेकौं घात-प्रतिघात सहदै भएपनि
 आफ्नो अस्तित्व अब तिमीले बचाउनु छ ।
हे गोर्खा अब तिमी-हामी एक हुनुपर्छ ।
 नयाँ चिन्ता,चर्चा र प्रेरणा जगाउनुपर्छ ।
 नभए जाति, जमिन र ठाउँ हल्लाउँने छ।
अस्तित्व र मूल्य हराउँछ पात बिनाको सुकेको रूख हुनुपर्छ कुनैदिन ।
 हे गोर्खा बुझ अब तिमीले दिन आएको छ ।
 आफ्नो स्वाभिमानको लागि जाग गोर्खा जाग।

BY
                                                                            दिपक कुमार फुयेल त्रितिय सान्मसिक                                                                     राजनीति बिग्यान बिभाग, बोडोलेन्ड बिश्वबिद्यालयल

Share it now

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *